७० लाख बराबरको अवैध कपडासहित ट्रक नियन्त्रणमा


१४ फाल्गुन २०८०, सोमबार
truck

काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट सशस्त्र प्रहरीले शङ्कास्पद विलबिजक भएको ७० लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको विलबिजक शङ्कास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित ीबाट यही फागुन १२ गते राति नियन्त्रणमा लिएको हो । लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मूल्य रु ४० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७