इन्जिनमा समस्या देखिएपछि धावन मार्गमा पुगेको यतिको जहाज ‘पार्किङ’ मै फर्काइयो


१४ फाल्गुन २०८०, सोमबार
yati

काठमाडौँ : उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएपछि धावनमार्गमै फर्काइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगर तर्फ उडान गर्न लागेको यतिको एनवाइटी ७८७ विमानको इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगेको विमान पुनः ‘पार्किङ वे’ मा फर्काइएको हो । विमानस्थलका अनुसार आज बिहान ८ः३० का लागि तय भएको यतिको उडानमा समस्या देखिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७