यति समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाको आत्मकथा ‘हिम्बु’ सार्वजनिक


१४ फाल्गुन २०८०, सोमबार
sonam Sherpa Yeti air

काठमाडौं : पर्यटन तथा हवाई उद्यमी एवं पर्वतारोही यति समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाको आत्मकथा हिम्बु (हिमालको छोरो) आइतबार सार्वजनिक भएको छ । शेर्पाको आत्मवृतान्त हिम्बु आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

सन् १९५३ मा भएको पहिलो सफल सगरमाथा आरोहण दलका एकमात्र जीवित सदस्य कान्छा शेर्पा राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पा, वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य, अमेरिकाका लागि पूर्वराजदूत अर्जुन कार्की, नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पा विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने पहिलो दक्षिण एसियाली आरोही मिङ्मा शेर्पा, एसियाकै पहिलो महिला अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा याङजुङ शेर्पा लगायतले पुस्तक विमोचन गरेका थिए ।

पुस्तकमा सोलुखुम्बुको पाङ्गोम गाउँबाट ५ दशकअघि काठमाडौं आएदेखि पञ्चायत, प्रजातन्त्र,गणतन्त्र व्यवस्थासम्मका आरोह अवरोहरूलाई ३४ वटा शीर्षकमा समेटिएको छ ।

पुस्तकका बारेमा सम्पादक नयाँघरे, प्राध्यापक महेश पौडेललगायतले चर्चा गरे । सन् १९८७ मा थामसेर्कु हिमाल चढेर आरोहण थालेको सोनाम शेर्पाले गत वर्ष सगरमाथासहित विश्वका सात महादेशका सात अग्ला चुचुराको आरोहण सेभेन समिट गरेर किर्तिमान कायम गरेका छन् ।

Yeti air 1


सार्वजनिक कार्यक्रममा शेर्पाले आगामी दिन सास ट्रष्टमार्फत सामाजिक सेवामा काम गर्ने घोषणा गरे । हिम्बु किताब बिक्रीबाट संकलित रकम सास ट्रष्टमार्फत नै आफ्नो जन्मगाउँको संस्था ह्यम्बु ठमिछो किदुक खरिखोला सोलुखुम्बु,डोल्पाको त्रिपुरा सुन्दरी मन्दिर ,घुन्सा फाउन्डेसनलाई सहयोगको घोषणा गरे ।

उनले जनवरी ११, २०१६ मा अफ्रिकाको माउन्ट किलिमन्जारो ९५,८९५ मि०, अगष्ट २५, २०१६ मा युरोपको माउन्ट एल्ब्रस ९५,६४२ मि०, नोभेम्बर १५, २०१६ मा ओसिनियाको माउन्ट पुनककरमाउन्ट कार्सटेन्ज ९४,८८४ मि०, जुलाई ०७, २०१७ मा उत्तर अमेरिकाको डेनाली ९६,१९५ मि०, डिसेम्बर १४, २०१७ मा अन्टार्कटिकाको माउन्ट भिन्सन ९४,८९७ मि० र जनवरी २४, २०२२ मा दक्षिण अमेरिकाको एकोनवागुआ ९६,९६१ मि० हिमालको आरोहण गरेका थिए ।

झण्डै ५० वर्षदेखि नेपालको पर्यटन व्यवसायमा संलग्न शेर्पाले ८००० भन्दा बढी आरोहीलाई नेपालका विभिन्न हिमाल आरोहण गराइसकेका छन् । थामसेर्कु ट्रेकिङका संस्थापक, यती एयरलाइन्सका कार्यकारी अध्यक्ष समेत रहेका उनी होटल तथा जलविद्युत जस्ता व्यवसायमा पनि संलग्न छन् । उनले युरोपको माउन्ट ब्लाङ्क, नेपालमा अन्नपूर्ण प्रथम, धौलागिरि हिमाल र थामसेर्कु हिमालको आरोहण पनि गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७