नेसनल हाइड्रोपावरले फेरि बोलायो एजीएम


१४ फाल्गुन २०८०, सोमबार
national hydro power.jpg

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ । सभा फागुन ३० गते डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट बालुवाटार, काठमाडौंमा ११ बजेदेखि सुरु हुनेछ ।

यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव नरहेको कम्पनीले जनाएको छ । जसकारण लगानीकर्ताहरुको हात खलीहुने छ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको कम्पन्रीले जानाएको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् । कम्पनीले यसअघि मंसिर २२ र पुस ६ गते बोलाइएको सभामा सेयरधनीहरुको संख्या नपुगेकाले सभा स्थगित गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७