बारामा विष्फोट : मृत्तकको संख्या तीन पुग्यो, भारत भाग्दै गरेका कवाडी सञ्चालक पक्राउ


१५ फाल्गुन २०८०, मंगलवार
projo

बारा । बाराको निजगढ नगरपालिकास्थित वर्कसपमा भएको विष्फोटमा परी ज्यान गुमाउने संख्या तीन पुगेको छ । विष्फोट सोमबार मध्याह्न १२ बजे भएको थियो । विष्फोटमा परी निजगढ नगरपालिका–५ का ४५ वर्षीय रेशम मगरको सोमबार मृत्यु भएको थियो । अन्य दुई जनाको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

उपचारका क्रममा भारतको गवाईका ३५ वर्षीय राकेश जयसवाल र पर्साका २० वर्षीया ऋतु रजतको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्कसपको लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट भएको बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको भनाइ छ । घटनाका शंकास्पद दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एसपी काफ्लेका अनुसार पक्राउ पर्नेहरूमा भारत मोतीहारी बस्ने ४० का राज भन्ने रमेश जैसवाल र बारा निजगढका टिकाराम पाख्रिन छन् । जैसवाल कवाडी किन्ने र पाख्रित कवाडी बेच्ने युवाहरू रहेको खुलेको छ । एक घाइतेको अवस्था गम्भीर छ । विष्फोटमा ठूलो मानवीय क्षति भएपछि जैसवाल कबाडी गोदामबाट एम्बुलेन्स चढेर भारतीर भाग्दै गरेको अवस्थामा पक्राउ परेका एसपी काफ्लेले बताए ।

‘विष्फोटपछि उनी पत्नी र छोराछोरीसहित एम्बुलेन्स चढेर भारततिर भाग्दै थिए,’ एसपी काफ्लेले भने, ‘हामीले अनुसन्धानको लागि उनलाई हिजै साँझ कलैयाबाट पक्राउ गरेर हिरासतमा राखेका छौँ ।’ विष्फोट भएको वस्तु के हो अझै खुल्न बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७