बचतकर्ता र बैंक डुबाएका सहकारीका अध्यक्षलाई धितोको दोब्बर ऋण : १० बैंकरकाे हातमा हत्कडी


१५ फाल्गुन २०८०, मंगलवार
manjo Tulashiram
तत्कालीन सेन्चुरी बैंकका सीईओहरु मनोज न्यौपाने र तुलसी गौतम ।

काठमाडौं । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा मिलेमतोमा धितोको एक अर्ब रुपैयाँको ओभर भ्यालुएसन (अधिक मूल्यांकन) भएको पाइएको छ । आज (मंगलबार) तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित १० बैंकर पक्राउ परेपछि कर्मचारीको मिलेमतोमा धितोको अधिक मूल्यांकन गरी ऋण प्रवाह भएको खुलेको हो ।

बचतकर्ता र बैंकको सात अर्ब डुबाएका देउराली सहकारीका सञ्चालक रविन्द्र चौलागाईंका कम्पनीलाई कमसल धितोमा ऋण दिएको अभियोगमा प्रभु बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० बैंकर पक्राउ परेको खुलेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानअनुसार प्रवाह भएको ऋणमध्ये करिब एक अर्बको धितोमा २ अर्ब बढी कर्जा प्रवाह भएको देखिएको छ ।

deurali sahakari

धितोले धान्नेभन्दा बढी कर्जा प्रवाह गरेको अनुसन्धानमा देखिएपछि मंगलबार तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुलसीराम गौतमसहित १० जना बैंकरलाई सीआईबीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गौतमसहित तत्कालीन सीईओ मनोज न्यौपाने र कर्मचारीहरू सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमन श्रेष्ठ छन् ।

तत्कालीन सेञ्चुरी बैंकले कमजोर धितोमा ऋणीलाई ऋण प्रवाह गरेको र सो ऋण अहिले असुल हुन नसकेपछि उनीहरू अनुसन्धानमा तानिएका हुन् । सेञ्चुरी बैंक प्रभु बैंकसँग मर्ज भएपछि अहिले प्रभु बैंकको नामबाट कारोबार भइरहेको छ ।
प्रभु बैंकले सेञ्चुरी बैंकको उक्त कर्जा असुल गर्नका लागि पटक–पटक ताकेता र धितो समेत लिलाम गर्नका लागि सूचना जारी गरे पनि धितोको मूल्यांकन कर्जाभन्दा कम भएपछि सो धितो बिक्री हुनसकेको छैन । सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार, सहकारीका सञ्चालक चौलागाईं तथा उनको आफन्तको नाममा रहेका विभिन्न कम्पनीलाई अत्यन्तै कमसल धितो राखेर गौतम तथा न्यौपानेले दुई अर्ब २५ करोड रुपैयाँ ऋण दिएको पाइएको हो ।

सेन्चुरी बैंकबाट ५० करोड रुपैयाँ बराबरको धितो राखेर सवा २ अर्बको कर्जा लिएको प्रारम्भिक छानबिनमा देखिएको छ । यसरी हेर्दा धितोमा राखिएको सम्पत्ति कुल ऋणको २२ प्रतिशत मात्रै हुन आउने अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् ।
बचतकर्ता र बैंकको गरी ७ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा सीआईबीले देउरालीका सञ्चालक चौलागाईंलाई १८ असोजमा पक्राउ गरेको थियो । देउराली सहकारीमार्फत ठगी भएको विषयमा अनुसन्धान गर्दै जाँदा कमसल धितो राखेर ऋण लिएको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

deurali sahakari loan noticed in aviyan daily

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७