आज यस्तो छ कालिमाटीमा तरकारी तथा फलफूलको भाउ


१६ फाल्गुन २०८०, बुधबार
kalimati

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, अम्बा १५०, नेपाली सुन्तला १५० र स्ट्रबेरी भुईऐसेलु २०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय ठूले गोलभेडा ६०, अदुवा २००, रातो आलु ३२ र रातो भारतिय आलु ३४ रूपैयामा कारोबार हुँदा स्थानीय काउली २५, लौका ७०, कागती २५०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १२० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा २५, लोकल सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी १५० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ र टाटे सिमी ७० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ५० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग २० र रायोको साग ३० रुपैयाँमा खरिद बिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ४० रुपैयाँमा खरिद बिक्री भइरहँदा उता जिरीको साग ५० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७८, हरियो प्याज ६० र पुदीना २२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २४०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ४०, भिण्डी १०० र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ । उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७