सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


१६ फाल्गुन २०८०, बुधबार
sarbottam

काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आवेदकले आज कार्यालय समयभित्र यसमा आवेदन दिनु पर्ने हुन्छ । सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइपीओ जारी गरेको हो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यस आइपीओमा मागभन्दा १०.२० गुणा बढी आवेदन परेको छ । मंगलबार बिहानसम्म १० अर्ब २२ करोड ३४ लाख बढीले आवेदन दिएको सीडीएसको तथ्यांकले देखाएको छ । उक्त तथ्यांक अनुसार ५ लाख २४ हजार ७८ जनाले २ करोड ८३ लाख २७ हजार ६१० कित्ताका लागि आवेदन दिइएको छ ।

सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेगतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आइपीओ जारी गरेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्ने छन् । यसमा एक जनाले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

sarbottam ipo.jpg

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७