टी–२० सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै


१७ फाल्गुन २०८०, बिहीबार
tu cricket

काठमाडौं । जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुँदैछ । त्रिभुवन विश्वबिद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९ः ३० बजेदेखि शुरु हुनेछ ।

जारी सिरिजमा नामिबिया र नेदरल्याण्डसले एक–एक खेल जितेका छन् । दुवैले नेपालविरुद्धका खेल जितेका छन् । सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो भने नेदरल्याण्डसले नेपालमाथि २ रनको जित हासिल गरेको थियो ।

आइसीसीको टी–२० वरियतामा तीन देशमध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।
सिरिजको खेल तालिका
– नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार ।
– नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १६ गते बुधबार ।
– नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन १७ गते विहीबार ।
– नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार ।
– नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार ।
–नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार ।
फाइनल, फागुन २२ गते मंगलबार ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७