कति छ आज फलफूल तथा तरकारीको भाउ ?


१८ फाल्गुन २०८०, शुक्रबार
kalimati

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा १५०, नेपाली सुन्तला १५० र स्ट्रबेरी भुईऐसेलु २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय ठूले गोलभेडा ६०, अदुवा २००, रातो आलु ३२ र रातो भारतीय आलु ३४ रूपैयामा कारोबार हुँदा स्थानीय काउली ३०, लौका ६०, कागती २४०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १२० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा २८, लोकल सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी १५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ र टाटे सिमी १०० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ५० रूपैयाँमा खरिद बिक्री हुँदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिद बिक्री हुँदा चमसूर, पालूगो, मेथी, सौफको साग ६० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता जिरीको साग ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८५, हरियो प्याज ७० र पुदीना ३५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २२०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६०, भिण्डी १०० र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ । उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३५० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७