वर्तमान गठबन्धन पाँच वर्ष नै चल्छ : उपप्रधानमन्त्री खड्का


१८ फाल्गुन २०८०, शुक्रबार
purna

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन पाँच वर्ष नै चल्ने बताएका छन् ।
आजदेखि यहाँ सुरु भएको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले वर्तमान गठबन्धनमा कहीँकतै केही होला कि भनेर शङ्का नगर्न आग्रह गरे ।

नेपाली कांग्रेसका उपसभापति समेत रहेका खड्काले निर्वाचनका बेला गठबन्धनले पाँच वर्षका लागि जनतासमक्ष मत मागेको स्मरण गर्दै जनादेशअनुसार वर्तमान गठबन्धन चल्ने र त्यसमा कुनै समस्या नआउने प्रष्ट पारे । गत निर्वाचनलगत्तै केही समस्या आए पनि अहिले गठबन्धनमा कुनै समस्या नरहेको खड्काको भनाइ छ ।

वर्तमान गठवन्धन सत्ता र कुर्सीका लागि नबनेको भन्दै खड्काले संविधानको रक्षा र मुलुकको समृद्धिका लागि भएकाले जनादेशअनुसार काम गर्दै जाने प्रष्ट पारे । एक फरक प्रङ्सगमा उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशमा अपार सम्भावना भएको भन्दै अबपछि परेको भन्नेभन्दा पनि कसरी कर्णाली प्रदेशलाई मुलुककै समृद्ध प्रदेश बनाउन सकिन्छ भनेर सबै मिलेर काम गर्ने बेला भएको बताए ।

कर्णाली आफैमा सभ्यता, संस्कृतिदेखि प्राकृतिक स्रोत साधनले समेत भरिपूर्ण रहेकाले यो प्रदेशलाई अबको १०÷१५ वर्षमा समृद्ध प्रदेश बनाउन सकिने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । चलचित्र क्षेत्रका लागि पनि कर्णाली प्रदेश आफैडमा एउटा क्यानभास भएको भन्दै खड्काले यसरी हुने चलचित्र महोत्सवले कर्णालीलाई संसारभर चनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७