१७ बर्षपछि दुबईमा रोजगार मेला, श्रममन्त्री भण्डारी सहभागी


१९ फाल्गुन २०८०, शनिबार
sarat 2

– रामजी बगाले
दुबई । युएईको दुबईमा आज (शनिबार) आयोजना हुने ‘दुबई रोजगार मेला’ मा सहभागी हुन श्रममन्त्री शरदसिंह भण्डारी र श्रमसचिव केवल प्रसाद भण्डारी,बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती, विभिन्न सञ्चार माध्यमका पत्रकारहरुलगाएत बैदेशिक रोजगार ब्यावसायीहरु दुबई आईपुगेका छन् ।

sarat 1

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा युएई स्थित दुबईको होटल जे डब्लु मेरिएट मरिनामा आयोजना हुने ‘रोजगार मेला’मा सहभागी हुन मन्त्री भण्डारीलगायतका अतिथीहरु दुबई आईपुगेका हुन् । रोजगार मेलाको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताएका छन् ।

मेलामा एक सय भन्दा बढी मेनपावर व्यवासायीहरुसँगै एनआरएनएका प्रतिनिधिहरु र दुबईमै व्यवसाय गर्दै आएका नेपालीहरुको सहभागिता हुनेछ । नेपालले यसअघि २००७ जुन ६ मा दुबईको ग्रान्ड हायात होटलमा रोजगार मेलाको आयोजना गरेको थियो । त्यसको १७ बर्ष पछि रोजगार मेला आयोजना हुन लागेको हो । यो मेलाको सन्देश नेपालीलाई रोजगार दिने विश्वका बिभिन्न मुलुकमा सकारात्मक रुपमा पुग्ने बताइएको छ ।

मेलामा ६४ वटा विभिन्न स्टल राखिने संघका महासचिव मेघनाथ भुर्तेलले बताए । रोजगार मेलामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सचिव केवलप्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती,युएईका लागी नेपाली राजदूत तेजबहादुर क्षेत्री, एनआरएनए आइसिसिका कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, एनआरएनए युएईका अध्यक्ष बिकास शाही लगायतको उपस्थिति रहने छ । यसका लागि मन्त्री, सचिवलगायत सबै टोली शुक्रबार बेलुका नै दुबई आईपुगिसकेका छन् ।

sarat 3

दुवई रोजगार मेलाबाट रोजगारदाता र मेनपावर व्यवसायीबीच सिधा सम्पर्क स्थापना भई बिचौलिया बिनै वैदेशिक रोजगारमा डिमाण्ड पाउन सक्ने र त्यस्ता डिमाण्डमा कामदार पठाउँदा श्रमिकलाई समेत फाइदा हुने विश्वास लिइएको छ । मेलाको माध्यमबाट युएईका रोजगारदातासामु नेपालबाट युएई मुलुकका लागि जस्तोसुकै पदमा नेपाली कामदार पठाउन नेपाल सक्षम रहेको सन्देश प्रवाह गर्ने व्यवसायीहरुले विश्वास लिएका छन् । मेलामा यूएईस्थित रोजगारदाताहरु, युएईका सबै स्टेटका चेम्बर, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, सबै बिजनेस कम्युनिटी, एचआर एशोसिएसनलगायतको सहभागिता रहने उक्त मेला यूएईस्थित नेपाली दूतावास र बैदेशिक रोजगार बोर्डको सहकार्य हुँदैछ । – न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७