साफ यू–१६ महिला फुटबल : नेपाल बंगलादेशसँग पराजित


१९ फाल्गुन २०८०, शनिबार
bangladesh.jpg

काठमाडौँ । नेपालले आज साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा बंगालदेशसँग हार बेहोरेको छ । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो । बंगलादेशको जितमा दुवै गोल सौरभी प्रितीले गरेकी थिइन् ।

शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा भारतले भुटानलाई ७–० गोल अन्तरले पराजित गरेको थियो । अब प्रतियोगिताको अर्को खेल सोमबार भुटान र नेपालको भिडन्त हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७