घृणायुक्त भाषणका ७५ प्रतिशत घटनाहरू भाजपा शासित राज्यमा : रिपोर्ट


२० फाल्गुन २०८०, आईतवार
hate speech

नयाँदिल्ली । भारतमा पछिल्ला केही वर्षयता घृणापूर्ण भाषणका घटनामा वृद्धि भएको छ । राष्ट्रिय अपराध अभिलेख ब्यूरोको प्रतिवेदन अनुसार सन् २०२१ को तुलनामा २०२२ मा घृणायुक्त भाषणमा ३१ प्रतिशत बढी मुद्दा दर्ता भएको छ । हालै अमेरिकाको वासिङ्टनमा रहेको इन्डिया हेट ल्याब ग्रुपले यो आफ्नो रिपोर्ट सार्वजनिक गरेको छ । सन् २०२३ मा भारतमा मुस्लिम समुदायका मानिसहरू विरुद्ध ६६८ घृणायुक्त भाषणहरू भएको दाबी यस रिपोर्टमा गरिएको छ ।

रिपोर्टका अनुसार यी ६६८ घृणित भाषणका घटनाहरूमध्ये ७५ प्रतिशत घटना अर्थात लगभग ४९८ घृणायुक्त भाषण बीजेपी शासित राज्य र केन्द्र शासित प्रदेशहरूमा दिइएको छ । मुस्लिम विरुद्धको हिंसा, लभ जिहाद र हलाल जिहादजस्ता धेरै मुद्दाहरू यी घृणित भाषणहरूमा उल्लेख गरिएको छ । जहाँ ३६ प्रतिशत अर्थात् करिब २३९ घटनामा मुस्लिम माथिको हिंसाको प्रत्यक्ष कुरा भएको थियो भने २५ प्रतिशत भाषणमा मुसलमानको धार्मिक स्थललाई निशाना बनाउने आह्वान गरिएको थियो ।
यी घटनाहरूलाई विस्तृत रूपमा वर्णन गर्दै यो भनिएको छ कि घृणायुक्त भाषणका घटनाहरू अगस्ट र नोभेम्बर २०२३ को बीचमा चरममा थिए । यो समय त्यही थियो, जहाँ राजस्थान, मध्य प्रदेश, तेलंगाना र छत्तीसगढमा विधानसभा चुनाव हुन लागेको थियो ।

यस अवधिमा सबैभन्दा बढी घृणित भाषण दिने राज्य महाराष्ट्र थियो । यहाँ ११८ घृणायुक्त भाषणहरू दिइएको थियो । दोस्रो स्थानमा उत्तर प्रदेश रहेको छ जहाँ १०४, मध्य प्रदेशमा ६५, राजस्थानमा ६४, हरियाणामा ४८, उत्तराखण्डमा ४१, कर्नाटकमा ४०, गुजरातमा ३१, छत्तीसगढमा २१ र बिहारमा १८ वटा घृणायुक्त भाषणका घटना भएका छन् । यहाँ एउटा रोचक कुरा के छ भने भाजपा शासित राज्यहरूमा भन्दा गैर भाजपा शासित राज्यहरूमा भाजपा नेताहरू यस्ता घटनाहरूमा संलग्न भएको देखिएको छ ।

रिपोर्टमा भनिएको छ कि भाजपा शासित राज्यहरूमा मात्र १०.६ प्रतिशत घटनाहरूमा भाजपा नेताहरू संलग्न छन् भने जबकि यो संख्या गैरभाजपा शासित राज्यहरूमा २७.६ मा बढेको छ । तथ्याङ्कअनुसार ३२ प्रतिशत अर्थात् विश्व हिन्दू परिषद् र बजरंग दलद्वारा आयोजित सार्वजनिक सभामा घृणापूर्ण भाषणका १२६ घटना भएका छन् । उही समयमा चुनावी ¥यालीहरूमा ५० घृणायुक्त भाषणहरू दिइयो, जसको आयोजनाको लागि बीजेपी आफैं जिम्मेवार थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७