टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत, कसरी जुट्यो सहमति ?


२० फाल्गुन २०८०, आईतवार
prachanda oli deuwa
फाइल फोटो

काठमाडौं । संसदमा प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन सहमत भएका छन् । लामो समयदेखि मतभेद रहेका उनीहरु उक्त विधेयकलाई अघि बढाउन सहमत भएका हुन् ।

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन महत्वपूर्ण मानिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकअघि बढाउन सरकारको नेतृत्व लिएको माओवादी केन्द्र, प्रमुख सत्ता साझेदार कांग्रेस र प्रमुख प्रतिपक्षी एमाले सहमत भएका हुन् ।

आइतबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भएर टीआरसी विधेयकका विषयमा छलफल गरेका हुन् । सो क्रममा उक्त विधेयकलाई संसदमा अघि बढाउनन उनीहरु सहमत भएका हुन् । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्नुअघि टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७