भाजपाले बनायो नयाँदिल्लीबाट सुष्मा स्वाराजकी छोरीलाई लोकसभाको उम्मेदवार


२० फाल्गुन २०८०, आईतवार
basuri swaraj

नयाँदिल्ली । भारतीय जनता पार्टीले पूर्व केन्द्रीय मन्त्री सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजलाई उम्मेदवार बनाएको छ । बाँसुरी स्वराजले उम्मेदवार बनेपछि खुशी व्यक्त गरेकी छन् । उनले भनिन्, ‘म प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाहजीप्रति धेरै आभारी छु । मलाई मौका दिनु भएकोमा म भाजपाका हरेक नेतालाई धन्यवाद दिन चाहन्छु ।’

उनले अगाड भनिन, ‘यस पटक फेरि मोदी सरकारको संकल्पका साथ भाजपाका कार्यकर्ताहरू नयाँ दिल्ली लोकसभा सिटमा जानेछन् र म ढुक्क छु कि फेरि पनि प्रधानमन्त्री मोदीलाई देशको प्रधानमन्त्री बनाइने छ ।’ आमा सुष्मा स्वराजलाई सम्झँदै बाँसुरी स्वराजले भनिन्, ‘मसँग आमाको आशीर्वाद छ तर त्यो टिकट पाएको छैन । भाजपाका हरेक कार्यकर्ताले यो टिकट पाएका छन् ।’

पेशाले वकिल बाँसुरी स्वराजले वारविक विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा बीए (अनर्स) गरेपछि लन्डनको बीपीपी ल स्कूलमा कानूनको अध्ययन गरेका थिइन् । उनले अक्सफोर्ड युनिभर्सिटीको सेन्ट क्याथरिन कलेजबाट मास्टर अफ स्टडिज पनि पूरा गरिन् भने बाँसुरी स्वराज २००७ मा बार काउन्सिल अफ दिल्लीमा भर्ना भएकी थिइन् । हालै उनलाई २०२४ मा हुन गइरहेको लोकसभा निर्वाचनका लागि भाजपाले नयाँदिल्लीबाट उम्मेदवार बनाउने घोषणा गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७