एमाले, माओवादी, रास्वपासहितको नयाँ गठबन्धन : आजै चार मन्त्रीको शपथ


२१ फाल्गुन २०८०, सोमबार
prachanda kp oli rabi 1

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन टुटेर नयाँ सत्ता समीकरणको सरकार बन्ने भएको छ । पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एक–एक जना जनाले आजै (सोमबार) मन्त्रीको शपथ लिने तयारी गरेका छन् । एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ । माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी छ । चारै जनाले विना विभागीय मन्त्रीका रूपमा शपथ लिनेछन् ।

यसैबीच नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि आजै आफ्नो पार्टीसहितको नयाँ गठबन्धनले मन्त्रिपरिषद् गठन गर्ने दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै। सानो आकारको मन्त्रिमण्डलले आज शपथ लिनेछ ।’

नेपाली कांग्रेससँग रुष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग नयाँ गठबन्धन बनाउने समझदारी गरेको खबर सार्वजनिक भएका बेला एमाले उपाध्यक्ष पाण्डेको उक्त अभिव्यक्ति आएको हो । आजै बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको वर्तमान सत्ता गठबन्धनको बैठक पनि स्थगन गरिएको छ । सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र र नेकपा एमालेले सचिवालय बैठक गरिरहेका छन् । रास्वपाले पनि आजै बैठक राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७