शेफिल्डमाथि आर्सनलको ६–० को जित


२२ फाल्गुन २०८०, मंगलवार
arsenal.jpg 2

काठमाडौं । इङलिस प्रिमियर लिग अन्तर्गत आर्सनलले शेफिल्ड युनाइटेडलाई फराकिलो अन्तरले पराजित गरेको छ । गए राति सम्पन्न खेलमा आर्सनलले शेफिल्डलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा मार्टिन ओडेगार्ड, गाब्रियल मार्टिनेली, काइ हाभेर्ट, डेकन राइस र बेन ह्वाइटले एक–एक गोल गरेका थिए । त्यस्तै एक गोल शेफिल्डका जयडेन बोगीले आत्मघाती गोल गरेका थिए । यो जितपछि आर्सनलको २७ खेलमा ६१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा एक अंकले र शीर्ष स्थानमा रहेको लिभरपुल भन्दा २ अंकले पछाडी रहेको छ । त्यसैगरी शेफिल्ड युनाइटेडको भने यस सिजनमा यो २०औं हार हो । २७ खेलमा १३ अंक मात्र रहेको शेफिल्ड लिगको पुछारमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७