स्रोत नखुलेको १० लाखसहित हेटौंडाका दुई जना रौतहटमा पक्राउ


२२ फाल्गुन २०८०, मंगलवार
crime

–सञ्जय मिश्रा
रौतहट । नेपाली नम्बरको ब्रेजा कार र १० लाख नगद रुपैयाँसहित हेटौंडाका दुई जना रौतहटमा पक्राउ परेका छन् । स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुवै जनालाई रौतहट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ बस्ने ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बन्जरहाबाट गएको प्रहरीले टोलीले गए राति ईशनाथ नगरपालिका–१ मा शंका लागेर उनीहरूले प्रयोग गरेको प्र३०१–०२३च ५३८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त नगदसहित दुवै जनालाई पक्राउ गरिएको हो ।
कारमा पछाडि सवार देवराज थिङले बोकेको कालो रंगको झोलाभित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको नेपाली १,००० दरको नोट थान ८५० र ५०० दरको ३०० थान जम्मा जम्मा १० लाख रुपैयाँसहित दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।

उनीहरूलाई बरामद नगद र कारसहित आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको डिएसपी गिरीले जानकारी दिएकि छन् । पछिल्लो समय रौतहट, बारासहित मधेश प्रदेशको जिल्लाहरुमा प्रहरीले धमाधम स्रोत नखुलेको रुपैयाँसहित मानिसलाई पक्राउ गरिरहेको छ । होली पर्व नजिकिएसँगै मधेश प्रदेशको जिल्लाहरुमा हुण्डी अर्थात अबैध रकमको कारोवार बढेको देखिएको छ । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७