झलनाथ खनाल भन्छन्–एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छ


२३ फाल्गुन २०८०, बुधबार
jhalanath khanal 2
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेसँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताएका छन् ।

वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका उनले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावना रहेको बताएका हुन् । सम्मानित नेता खनालले एमालेसँग एकता गरेर जान नहुने भन्ने नरहेको बताएका हुन् । उनले नेताहरूमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको बताए । एकता अंकमाल गरेर, रमाइलोसँग भेटघाट गरेर, लड्डु खाएर नहुने सम्मानित नेता खनालको भनाइ छ ।

खनालले वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा कुरा मिल्दै गएपछि एमालेसँग एकीकरण गरेर जान कुनै समस्या नहुने स्पष्ट पारे । सम्मानित नेता खनालले कार्यगत एकताका आधारमा कम्युनिष्टहरूबीच नै एकीकरणको प्रक्रिया सुरु हुने बताए । नेता खनालले कम्युनिष्टहरूबीचको एकताका लागि नेकपा विभाजनका बेला नेताहरूले आ–आफ्नो ठाउँबाट गल्ती गरेको उल्लेख गर्दै कमजोरी सच्याएर अघि बढ्ने संकल्प गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७