विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर


२५ फाल्गुन २०८०, शुक्रबार
dollor

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य घटेको छ भने अरु धेरै विदेशी मुद्राको बढेको छ । बेलायती पाउन्ड, युरोपियन युरो, अस्ट्रेलियन डलर, कुवेती र वहराइन दिनारसहित धेरै विदेश मुद्राको मूल्य आज बढेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ । बुधबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९४ पैसा थियो । विगत तीन दिनदेखि अमेरिकी डलरको मूल्यमा लगातार गिरावट आइरहेको छ ।

आजको लागि युरो १ को खरिदर १४४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा थियो । त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ । हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा थियो ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७० पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६५ पैसा थियो । त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ ।

हिजो कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ६८ पैसा थियो । आजको लागि बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १८ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ७५पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३५ पैसा थियो ।
हेर्नस् आजको लागि अरु विदेशी मुद्राको सूची

Screenshot 2024 03 08 050802 xHMYnpnfBq

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७