दक्षिण कोरियामा माछा मार्ने डुंगा पल्टिँदा ६ जना बेपत्ता


२६ फाल्गुन २०८०, शनिबार
dunga korea

काठमाडौं । दक्षिण कोरियाको दक्षिणी तटमा माछा मार्ने डुंगा पल्टिँदा ६ जना बेपत्ता भएका छन् । दक्षिण कोरियाली योनहाप समाचार संस्थाका अनुसार २९ टन क्षमताको डुंगा तटीय शहर तोङयोङको एक टापुबाट ६८ किलोमिटर दक्षिणमा सुमुद्रमा पल्टिएको थियो ।

डुंगामा इन्डोनेसियाली नागरिकसहित नौ जना सवार थिए । चालक दलका तीन सदस्यलाई उद्धार गरिएको छ तर सबै अचेत अवस्थामा छन् । ‘हामी अझै पनि हराइरहेका ६ जनाको खोजी गरिरहेका छौं’, स्थानीय सरकारी अधिकारी ली हो–जुनले भने ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले नौसेना र माछा मार्ने डुंगासहित उपलब्ध कर्मचारी र उपकरण परिचालन गरेर जीवन बचाउन सक्दो प्रयास गर्न निर्देशन दिए । योनहापका अनुसार डुंगा बिहीबार बिहान देशको दक्षिणी टापु जेजुबाट छुटेको र त्यसपछि माछा मार्ने काममा व्यस्त थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७