राप्रपा नेता ठाकुरमोहन श्रेष्ठ पार्टी कार्यालयमै किन कुटिए पूर्वमन्त्री विक्रम पाण्डे समूहबाट ?


२७ फाल्गुन २०८०, आईतवार
rpp kutpit

काठमाडौं । पूर्व एआईजी तथा राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठले पार्टी कार्यालयमै कुटाइ खाएका छन् । उनीमाथि राप्रपा नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेका समर्थकहरूले कुटपिट गरेका हुन् । पाण्डे पूर्व सहरी विकास मन्त्री हुन् । आइतबार बिहान कार्यसम्पादन समितिको बैठक चलिरहेको बेला सशस्त्रका पूर्व एआईजी श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारी भनेका थिए । त्यसपछि बैठकमा विवाद सुरू भएको थियो ।

लगत्तै पाण्डे बाहिर निस्केर आफ्ना समर्थकहरूलाई बैठकमा भएको घटनाबारे बताएका थिए । केही समयपछि श्रेष्ठ समेत बाहिरिए । श्रेष्ठ बाहिरिने क्रममा पाण्डेका कार्यकर्ताले उनलाई कुटपिट गरेका हुन् । पाण्डेका कार्यकर्ताले श्रेष्ठलाई लखेटीलखेटी कुटेका थिए ।

श्रेष्ठ पार्टी कार्यालयभित्रै कुटिएका हुन् । पार्टी कार्यालय धुम्वाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा श्रेष्ठमाथि कुटपिट भएको हो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठले राखेको धारणाका कारण आक्रमण भएको नेताहरूले जनाएका छन् । उनले पाण्डेलाई लक्षित गरी धारणा राखेका थिए ।

श्रेष्ठमाथि आक्रमण भए पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आक्रमण गर्नेको पहिचान गर्न निर्देशन समेत दिएका छन् । पार्टीको आन्तरिक एजेण्डाका साथै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न दुई दिनदेखि राप्रपाको बैठक बसिरहेको थियो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले घटनाबारे अध्ययन भइरहेको जानकारी दि ए। कुटपिट भइरहेका बेला राप्रपाका नेता बुद्धिमान तामाङ, सांसद दिपकबहादुर सिंहलगायतले छुट्याएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७