आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक विदा


२८ फाल्गुन २०८०, सोमबार
galbu losar

काठमाडौँ । आज (सोमबार) ग्याल्पो ल्होसार, शेर्पा सुमदाय हर्षोल्लासका साथ मनाउँदै छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्वको रुपमा यस पर्वलाई लिने गरिन्छ ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले मनाइने यस पर्वमा मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको हुन्छ । बराह वर्ष पूरा भई आजदेखि मुसा वर्ष सुरु हुँदैछ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको जानकारहरू बताउँछन् । सरकारले ग्याल्पो ल्होसारको अवसरमा आज सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७