प्रमुखकै मिलोमतोमा कार्यालय सहयोगीले ‘सुब्बा’ को कार्ड झुण्ड्याएर किसानको लाखौं ठगेर फरार


२८ फाल्गुन २०८०, सोमबार
Thagi siraha

–मुकेशकुमार यादव
सिरहा । सिरहाको एक सरकारी कार्यालयमा कार्यालय प्रमुखकै मिलोमतोमा करार सेवामा कार्यरत्त कार्यालयका सहयोगीले सेवाग्राहीसँग अनुदानको ट्याक्टर मिलाई दिने भन्दै लाखौं रुपैयाँ ठगेर फरार भएको रहस्य बाहिरिएको छ । जिल्लाको कृषि ज्ञान केन्द्र, सिरहाका कार्यालय प्रमुख नरेन्द्रकुमार महासेठकै मिलोमतोमा करार सेवामा कार्यालय सहयागीको रुपमा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानहरुलाई अनुदानमा ट्याक्टर दिलाइ दिने भन्दै लाखौं रकम असुल गरी फरार भएका हुन् ।

कार्यालय सहयागीको रुपमा कार्यरत कर्णले कृषि ज्ञानकेन्द्रबाट अनुदानमा वितरण गरिने कृषि औजारहरु ट्याक्टर, थ्रेसर, पावर ट्रेलरलगायतका कृषि उपकरण लिन कार्यालय प्रमुखलाई आग्रीम घुस रकम दिनुपर्ने भन्दै ११ जना किसानहरुसंग कर्णले करिव ९६ लाख रकम ठगेर फरार रहेको पीडित किसानहरु बताउँछन् । कार्यालय सहयागी कर्णले लक्ष्मीपुर पतारी ५ का लालु यादवसंग अनुदानको ट्रयाक्टर मिलाइदिने भन्दै ५ लाख रकम लिएको थियो । यादवले न त अनुदानको ट्याक्टर नै पाए न त रकम नै फिर्ता पाए । उनले भने, ‘रकम दिए पनि मैले ट्याक्टर पाइनँ, पछि रकम फिर्ता गनुपर्ने भनेपछि कर्णले २०८१-४-१७ गतेको मिति उल्लेखित पाँच लाखको चेक दिए । अहिले सुन्छु उनी फरार छन् ।’

IMG 20240310 WA0057.jpg

औरही गाउँपालिका–२ स्थित तुलसीपुरकी पुनिता महतोले ‘ठगी गर्ने कर्ण चिनजानकै व्यक्ति हुन् । कृषि ज्ञान केन्द्रका कर्मचारी पनि भएकाले विश्वास गरी ट्याक्टर पाउने आशले आग्रिम अनुदानको आधा रकम बुझाई दिए । तर, ‘अहिले न ट्याक्टर पाइयो, न रकम फिर्ता नै ।’ उनका अनुसार कर्णले गत कात्तिक १९ र २० गते नबिल र ग्लोबल आइएमई बैंकको चेक दिएका थिए । तर उक्त खातामा चेक बराबरको रकम नभएको बैंकले बताए ।

IMG 20240310 WA0058.jpg

पीडितले पटक–पटक बैंक जाँदा पनि उक्त खातामा रकम नभएको जानकारी पछि चेक अनादारमा बैंकिङ कसुरसम्बन्धी जिल्ला प्रहरी प्रशासन कार्यालयमा बैंकको अनादार चेक रिपोर्टसहित निवेदन दिएका बताइएको छ । अर्नामा गाँपा– ४ का मनोजकुमार यादवलाई पनि कर्णले ठगर फरार भएपछि मानसिक तनावमा परेको बताए । कर्णले सिराहाको औरही, अर्नामा, कल्यानपुर, मिर्चैया, वरियारपट्टी, लक्ष्मीपुर पतारीलगायतका स्थानबाट ११ जना किसानको करिव ९६ लाख कर्णलाई ट्याक्टर पाउने आशमा बुझाएको पीडितहरुले बताए।

ch

पीडितहरुको यकिन तथ्याङ्क नभए पनि सयौंको संख्यामा हुनसक्ने स्थानीय मनोज यादव बताउँछन् । उनका अनुसार नागरिकको कम्तीमा पनि १० करोड बराबरको रकम हिनामिना गरी कर्ण फरार भएका छन् । फरार कर्ण सिराहा नगरपालिका १० स्थायी बाासिनदा हुन् । अहिले दैनिक दर्जनौं पीडित व्यक्ति घर पुग्ने गरेको बताइन्छ । कृषि ज्ञान केन्द्र सिराहाले भने फरार रहेका कर्ण कार्यालय सहयोगीमात्र भएको जानकारी दिएको छ । बजारमा कार्यालय सहयोगी कर्णले रकम असुलि गरेको भन्ने हल्ला चलेकाबेला आफूहरुले अनुसन्धान गर्दागर्दै कार्यालय छोडेर भागेको ज्ञानकेन्द्रका प्रमुख महासेठले बताए ।

ch 1

उनले भने, ‘केहि दिनदेखि हामीले पनि हल्ला सुनिरहेका थियौं, हामीले पनि सोधी खोजी गर्न थालेपछि उनी फरार छन् ।’ कर्ण कृषि ज्ञानकेन्द्र स्थापना भएपछि २०७७ मा किसुनदेव राउत कार्यालय प्रमुख भएका बेला करार सेवाका कार्यालय सहयोगी नियुक्त भएका थिए । प्रत्येक पीडितहरुबाट कर्णले पाँचदेखि नौ लाखसम्म लिइएको थियो । केही बैंकमार्फत त केही नगदमा उक्त रकमको कारोबार गरिएको पीडितहरु बताए । ट्याक्टर नपाउने सबैको रकम फिर्ता गरिदिने जनाउँदै विभिन्न मितिमा नबिल र ग्लोबल आइएमई बैंकको चेक सहीछाप गरी पीडितलाई दिएका थिए । कर्णले नायव सुब्बाको परिचयपत्र झुण्ड्यार ठगी गरेको पीडितहरु बताउँछन् । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७