सरकारले बनायो पाँच मन्त्रिपरिषद समिति, प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरूले नेतृत्व गर्ने


२८ फाल्गुन २०८०, सोमबार
cabinet
फाइल फोटो

काठमाडौं । सरकारले पाँच वटा मन्त्रिपरिषदका समिति बनाएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले पाँच वटा मन्त्रिपरिषदको समिति बनाएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

राजनीतिक समितिको समन्वय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने उनले जानकारी दिइन् । आर्थिक तथा पूर्वाधार समितिको समन्वय उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले गर्ने निर्णय भएको हो ।

विधेयक समिति उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र प्रशासन समिति उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले समन्वय गर्ने निर्णय भएको छ । त्यस्तै सामाजिक समितिमा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई समन्वय गर्ने जिम्मा दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७