सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा आगजानी, घाइतेको अवस्था गम्भीर


२९ फाल्गुन २०८०, मंगलवार
aagajani

सर्लाही । सर्लाहीमा यात्रुवाहक बसले एक साइकल यात्रीलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाएर जलाएका छन् । नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवातर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साइकल यात्री कविलासी नगरपालिका–१० सलेमपुरका स्थानीय जुगल महतोलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परेका महतो गम्भीर घाइते भएका छन् । घटना लगतै स्थानीयले बसमा आगजानी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । साइकलमा सवार सलेमपुरकै ५५ वर्षीय युगलकिशोर महतो गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात काठमाडौं रेफर गरिएको प्रहरीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । उनको अवस्था चिन्ताजनक रहेको छ । बसका चालक प्रहरीको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरिले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७