साढे ३३ किलो सुन काण्ड : ठूला माछा समातिने होइन, भुरा माछा नै उम्किने खतरा


२२ जेष्ठ २०७५, मंगलवार
sun don gore with ssp khatrai

काठमाडौं, २२ जेठ । साढे ३३ किलो सुन तस्करी काण्डको बजारमा जति चर्चा भइरहेको छ । यसको अनुसन्धानको उपलब्धी भने अहिलेसम्म शुन्यप्रायः नै देखिएको छ ।sun don gore with ssp khatrai

बरु तस्करी काण्डलाई ढाकछोप गर्ने र तस्करीको बिल्लाबाट जोगिनका लागि विभिन्न प्रयासहरु भइरहेका छन् । यसले सुन तस्करीमा ठूला माछा पक्रिने कुरा त परै जाओस् भुरा माछा समेत उम्किने खतरा बढिरहेको जानकार बताउँछन् । प्रहरीका पूर्व उच्च अधिकारीहरुबाट आएको अभिव्यक्तिहरुले पनि गृह मन्त्रालयको अहिलेसम्मको उपलब्धी नै गुम्ने हो कि भन्ने संकेत देखिन थालेको जानकारको दावी छ ।
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा समातिएकाहरु कोहीबाट सुनको सुइँको मिल्न सकेको छैन, सुन बरामद नभएको अवस्थामा आरोप प्रमाणित हुनै नसक्ने एकथरीले जिकिर गर्न थालिसकेका छन् ।

सोमबार गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सुन तस्करीको अनुसन्धान पूर्वाग्रही नभएको बताएको छ । उक्त विज्ञप्तीले गृह मन्त्रालय रक्षात्मक अवस्थामा देखिएको विश्लेषकहरुको बुझाई छ । यो प्रकरणमा मूलतः दुई वटा अपराध सतहमा आएका छन् र छानविन गर्नुपर्ने विषय पनि यिनै दुईवटा हुन् । एउटा–सुन तस्करी एवं संगठित अपराध । अनि अर्को चाहिँ सनम शाक्यको हत्या भएकाले ज्यान सम्बन्धी अपराधको अनुसन्धान । अहिलेसम्म साढे ३३ किलो सुन नभेटिए पनि सनमको शव चाहिँ भेटिइसकेकाले ज्यान मुद्दाबाट गोरेको ग्याङ उम्कन कठिन छ ।

प्रमाण बिना कसरी तस्कर : एसएसपी खत्री

जिल्ला अदालत मोरङमा सुन तस्करीको आरोपी एसएसपी श्याम खत्रीले त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करीबारे आफूलाई कुनै जानकारी नभएको यान दिएका छन् । उनले हराएको भनिएको सुन नै नटिएसम्म आफू कसरी तस्कर भनेर प्रमाणित हुन्छ भनि अदालतमा उल्टै प्रश्न गरेका छन् । सुन समेत भेटिन नसकेको अवस्थामा यहि तर्कलाई धार बनाएर अदालतले खत्री र अन्य आरोपीलाई विगतमा जस्तै रिहा गरिदियो भने गृह मन्त्रालयको तस्कर समात्ने अभियान तुहिन सक्छ । किनभने, विगतमा पनि तस्करहरु यसैगरी जोगिँदै आएका छन् ।

अब तस्करहरुको पहिलो प्रयास ‘३३ किलो सुन प्रकरण’ लाई ‘शून्य किलो सुन प्रकरण’ मा परिणत गर्ने देखिएको जानकार बताउँछन् ।
यसैले अब गृह मन्त्रालयले सुन तस्करहरुलाई उम्कन नदिने हो भने अनामनगरबाट गायव भएको भनिएको साढे ३३ किलो सुन कहाँ छ, त्यो पत्ता लगाउनु पहिलो प्राथमिकता हो । त्यो सुन बरामद भयो भने मुद्दा बलियो हुनेछ ।

गोरेलाई जोगाउने चलखेल

सुन तस्करीका मुख्य अभियुक्त भनिएका चुँडामणि उप्रेती ‘गोरे’ सनम शाक्यको हत्यापछि भागेर भारत पुगेका थिए । तर, उनी गौरीघाटबाट पक्राउ परे । उनले छिरिङ वाङ्गेल वा श्यामबहादुर खत्रीले जसरी मोरङ अदालतमा आत्मसमर्पण गरेका होइनन् ।
कुनै सरकारी अधिकारी वा सुरक्षा निकायको साथ विना गोरे सकुशल गौरीघाटस्थित घरमा प्रवेश सम्भव थिएन । प्रहरीको खोजीको सूचीमा रहेका उनी कसरी गौरीघाट आइपुगे ?

यो वस्तुस्थितिलाई हेरेर कतिपयले गोरेले प्रहरी र सरकारी अधिकारीहरुसँग सेटिङ मिलाएर गिरफ्तारी दिएको अनुमान लगाएका छन् । पक्राउ परेका गोरेमाथि दुईवटा सजाय हुन सक्छ, एउटा सुन तस्करी र संगठित अपराधमा । अर्को सनम शाक्यको हत्या गरेको अभियोगमा ज्यान सजाय । सुन तस्करीमा छुटे पनि वा कम सजायँ भए पनि सनम हत्यामा गोरे फस्न सक्ने सम्भावना प्रवल छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७