टिकटकमाथि प्रतिबन्ध लगाउन अमेरिकन संसदले पारित गर्‍यो बिधेयक


१ चैत्र २०८०, बिहीबार
tiktok

वासिङटन । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला भएको छ । अमेरिकी संसदले बुधबार पारित गरेको एक विधेयकमा भएको ब्यवस्था अनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुल्ला गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यदि टिकटकका चिनियाँ मालिकाले सो कम्पनीमा रहेको आफ्नो हिस्सेदारी बेचेनन् भने अमेरिकामा अब टिकटक प्रतिबन्ध हुने भएको छ । टिकटक प्रतिबन्धको पक्षमा रहेका सांसदहरू अनुसार सो कम्पनीको हालको स्वामित्व संरचना यस्तो छ कि त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा देखिएको छ, जसकाकारण अमेरिका यसमा निकै चिन्तित रहेको छ ।

सो बिधेयक ३२५–६५ मतसहित पारित भएसँगै सो बिधेयकलाइ अब सिनेटमा पठाइने भएको छ । १५० मिलियन भन्दा बढी अमेरिकी प्रयोगकर्ताहरू भएको रहेको लोकप्रिय एप टिकटक चिनियाँ प्रविधि फर्म ‘बाइट डान्स लिमिटेड’ को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।

प्रतिबन्धको पक्षमा रहेको अमेरिकन सांसदहरूले बाइट डान्स चिनियाँ सरकारको नजरमा रहेको दाबी गरिरहेको छन्, जसले अमेरिकामा टिकटकका उपभोक्ताहरूको डाटामा पहुँचमा पुग्ने र त्यसले सुरक्षा खतरा बढाउनेछ । उनीहरूका अनुसार चिनियाँ राष्ट्रिय सुरक्षा कानूनको सेटबाट उत्पन्न हुन्छ, जसले संगठनहरूलाई गुप्तचर भेलामा सहयोग गर्ने उनीहरूको भनाइ रहेको छ ।

‘हामीले टिकटकलाइ स्पष्ट छनोट दिएका छौं,’ सांसद क्याथी म्याकमोरिस रोजर्सले भने, ‘अब टिकटक मूल कम्पनी बाइट डान्सबाट अलग हुन जरूरी छ, जुन चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) ले हेर्ने काम गर्छ । अब अमेरिकामा टिकटक चलाउने कि सिसिपीको साथमा नै रहने ? त्यो विकल्प अब टिकटकले रोज्नु पर्नेछ ।’ विधेयक संसदबाट पारित हुनु पहिलो चरण मात्र हो । सिनेटले पनि यसलाई कानून बन्नको लागि उपाय पारित गर्न आवश्यक छ, र त्यो चेम्बरका सांसदहरूले यसलाई पूर्ण समीक्षाबाट गुज्रनु पर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७