पक्राउ परेका प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित ११ जना हाजिर जमानीमा छुटे


१ चैत्र २०८०, बिहीबार
manjo Tulashiram
तत्कालीन सेन्चुरी बैंकका सीईओहरु मनोज न्यौपाने र तुलसी गौतम ।

काठमाडौँ । धितोभन्दा दोब्बर ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना कर्मचारी (बैंकरहरु) हाजिर जमानीमा छुटेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रवक्ता एसपी होवीन्द्र बोगटीका अनुसार उनीहरुलाई हाजिर जमानीमा छोड्ने निर्णय भएको हो । राष्ट्र बैकको विज्ञ टोलीले अनुसन्धान गरिरहेको कारण सिआइबीले तत्काललाई दैनिक हाजिर गर्नुपर्ने सर्तमा उनीहरुलाई छोडेको हो ।

पक्राउ पर्नेमा तत्कालीन सेञ्चुरी बैंकका सिइओ तुलसीराम गौतम, कर्मचारीहरू मनोज न्यौपाने, सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलीप बराल, दीपेश प्रधान, राजेश भण्डारी र रमन श्रेष्ठ रहेका थिए ।

उनीहरुले सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको अनुसन्धानबाट देखिएको थियो । यो धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी भएको एसपी बोगटी बताउँछन् । हाल सेन्चुरी बैंक प्रभु बैंकमा मर्ज भएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओका रुपमा कार्यरत थिए । यस विषयमा प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७