सन्नी देओल आफनो छोरा करणसँग ‘लाहोर १९४७’ मा भिड्ने


३ चैत्र २०८०, शनिबार
sunny

मुम्बइ । सन्नी देओलका छोरा करण देओललाई पनि ‘लाहोर १९४७’ मा कास्ट गरिएको छ । फिल्ममा सन्नी र करण पहिलो पटक एक अर्कासँग स्क्रिन शेयर गर्दैछन् । ‘गदर २’ को ठूलो सफलतापछि मानिसहरु सन्नी देओलको नयाँ प्रोजेक्टको उत्सुकताका साथ पर्खिरहेका छन् ।

उनको आगामी फिल्म ‘लाहोर १९४७’ लाई लिएर निकै उत्साहित रहेका छन् । आमिर खानले ‘लाहोर १९४७’ निर्माण गर्दैछन् । आमिरले फिल्ममा केमियो गर्ने कि नगर्ने भन्ने खुलाइएको छैन तर आमिर आफैले यो फिल्ममा केमियो गर्ने बताएका छन् ।

रिपोर्टका अनुसार करणले सन्तोषी र आमिर खान दुवैलाई मन परेको फिल्मको लागि अडिसन दिएका थिए । अब सनी र करणको क्यारेक्टरसँग सम्बन्धित एउटा ठूलो अपडेट आएको छ । सन्नी देओलले आफ्नो छोरा करण देओलसँग पहिलो पटक ‘लाहोर १९४७’ मा स्क्रिन शेयर गर्दैछन् । निर्देशक राजकुमार सन्तोषीले आफ्नो पहिलो फिल्ममा बाबु–छोरालाई पिच गर्न लागेको खुलासा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७