ठाकुरमोहनमाथि कुटपिट : विक्रम पाण्डेका सहयोगी बलायरसहित तीन जना निलम्बित


४ चैत्र २०८०, आईतवार
kutpit

काठमाडौं । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न तीन जनालाई राप्रपाले निलम्बन गरेको छ । गत फागुन २७ गते धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयमा श्रेष्ठमाथि भएको कुटपिट प्रकरणमा तीन जना निलम्बित भएका हुन् ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला कार्यालय हाताभित्रै केन्द्रीय कार्यसम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटको घटनामा संलग्न भएको आरोपमा तीन कार्यकर्तालाई निलम्बन गरिएको हो । उक्त घटनाको छानबिन गर्ने जिम्मा पाएको केन्द्रीय अनुशासन समितिको सिफारिस बमोजिम राप्रपाले उपाध्यक्ष विक्रम पाण्डेका सहयोगीसहित तीन जनालाई चार वर्षका लागि निलम्बन गरेको हो ।

राप्रपाले उक्त घटनामा संलग्न पार्टीका सहायक महामन्त्री प्रेम बलायर निलम्बनमा परेका हुन् । उनी उपाध्यक्ष पाण्डेका सहयोगी हुन् । यस्तै काठमाडौं क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई निलम्बन गरिएको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७