काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना : सातको मृत्यु, २५ बढी घाइते


५ चैत्र २०८०, सोमबार
bus acc

बागलुङ । बागलुङको निसीखोलामा आज (सोमबार) साँझ बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन् । निसीखोला गाउँपालिका–६ जाउलेपानी भन्ने स्थानमा काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस दुर्घटना भएको हो ।

उद्धारका लागि घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रहरी निरीक्षक राजकुमार विकका अनुसार दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको हो । उनले २५ जना घाइतेलाई उद्धार गरी उपचारका लागि बुर्तीबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जानकारी दिए ।

रात परिसकेकाले उद्धारमा कठिनाइ भएको पनि विकले बताएका छन् । उद्धार अहिले पनि चलिरहेको छ । पश्चिम रुकुमबाट काठमाडौंका लागि छुटेको बस मध्यपहाडी लोकमार्गदेखि अन्दाजी १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले मृतक र घाइतेको अन्तिम विवरण आइसकेको छैन । मृत्यु भएकाहरुको पहिचान खुल्न बाँकी रहेको घटनास्थलमा पुगेका निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७