बागलुङ बस दुर्घटना : पत्रकार विक्रम परियारको पनि निधन


६ चैत्र २०८०, मंगलवार
Bikram pariyar

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा सोमबार साँझ भएको बस दुर्घटनामा रुकुमपूर्वका पत्रकार विक्रम परियारको पनि निधन भएको छ ।

बस दुर्घटनामा अहिलेसम्म ज्यान गुमाउने ९ जनामध्ये एक जना पत्रकार परियार हुन् । पूर्वीरुकुमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मंगलबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

अन्नपूर्ण पोष्ट र रेडियो पूर्वी रुकुममा कार्यरत पत्रकार परियार राष्ट्रिय दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागि हुन काठमाडौँ जाँदै गर्दा दुर्घटनामा परेका हुन् । २५ वर्षीय पत्रकार परियार रुकुमपूर्वको नेपाल पत्रकार महासंघ जिल्ला शाखाको सहसचिव र प्रेस सेन्टरको जिल्ला उपाध्यक्ष समेत थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७