झापादेखि काठमाडौंसम्म करोडौंको ठगी धन्दा चलाएका अर्याल पक्राउ


६ चैत्र २०८०, मंगलवार
pa

काठमाडौं । करोडौँ रुपैयाँ ठगीका आरोपित केदार अर्याल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सिनामंगलबाट पक्राउ गरेको हो । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१०, पेप्सीकोेलाका अर्यालविरुद्ध करोडौँ रुपैयाँ ठगी गरेको प्रहरीमा उजुरी छ ।

४४ वर्षीय अर्यालले झापाका दुर्गाप्रसाद प्रसाईंसहित ६ भन्दा बढी व्यक्तिको करोडौँ रकम ठगी गरेको खुलेको छ ।
करिब पाँच वर्षदेखि ठगी भन्दा चलाएका अर्याल प्रहरीलाई छक्काउँदै बसिरहेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थी नेतृत्वको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो ।

अर्यालले पम्पी देवीको झापास्थित तीन बिगा जग्गा ग्लोबल आईएमई बैंकमा धितो राख्दा बैंकको प्रतिनिधि बताएर ५० लाख रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । यस्तै, वरुण थापाको ५० लाख रुपैयाँ ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध एक वर्ष कैद सजाय सुनाएको छ । अर्यालविरुद्ध बारा जिल्ला अदालतमा समेत मुद्दा विचाराधीन अवस्थामा छ । यसैगरी, झापाका दुर्गा प्रसाईंको ८४ लाख रुपैयाँ ठगी प्रकरणमा दुई वर्ष कैद सजाय तोकिएको छ । थप अनुसन्धानका निम्ति उनलाई झापा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७