फागु पूर्णिमामा कुन रङ्ग कसलाई लगाउने ? यस्तो छ रङ्गको अर्थ


७ चैत्र २०८०, बुधबार
holi

काठमाडौं । नेपाललाई चाडपर्वको देश भनिन्छ । फागु पूर्णिमा रङ्गहरुको पर्व हो, जसलाई बोलिचालीको भाषामा होली पनि भनिन्छ । बसन्तपुरमा चीर गाडेर लिंगो ठडाएपछि फागु पूर्णिमा सुरू भएको मानिन्छ, जो बसन्तपुर काठमाडौंमा ठडाइ सकिएको छ ।

यसलाई खराबमाथि राम्रोको विजयको रूपमा मनाइन्छ । मानिसहरु यो पर्वको निकै उत्सुकताका साथ प्रतीक्षा गर्छन् ।मानिसहरूले आफ्ना विगतका सबै गल्ती बिर्सेर एकअर्कासँग प्रेमका साथ होली खेल्छन् । तिनीहरूले एकअर्कामा रङ्गहरू धसेर रमाइलो गर्छन । धनी, गरिबी, उच्च वा नीच जस्तोसुकै भए पनि मानिसहरु यो दिन मिलेर होली खेल्छन् । हिन्दु धर्ममा पनि होलीको ठूलो महत्व रहेको छ । होलीको दिनमा प्रयोग हुने रङ्गको पनि विशेष महत्व हुन्छ । आउनुहोस् होलीका रङहरूको महत्व के छ ? थाहा पाउनुहोस् । खासमा आज हामी कुन रङ्ग कसलाई लगाउनु पर्छ ? भनेर जानकारी दिनेछौं ।

बालबालिकालाई रातो रङ – होलीमा सबैभन्दा बढी प्रयोग हुने रङ्ग रातो हो । रातो रङ्गको धेरै अर्थ हुन्छ । यो महत्वाकांक्षा, उत्साह, क्रोध, उत्साह, बहादुरी र साहस को प्रतीक हो । रातो रङ्ग प्रेमीले पनि निकै मन पराउँछन् । रातो रङ्गको गुलाल होलीमा ऊर्जा प्रदान गर्दछ । होली पर्व धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण छ । धार्मिक कार्यमा पनि रातो रङ्गको धेरै प्रयोग हुन्छ । होलीमा युवा र बालबालिकालाई रातो रङ्ग लगाउन सकिन्छ ।

महिलाहरुलाइ पहेंलो रङ्ग– पहेँलो रङ्गलाई खुशी र सम्मानको प्रतीक मानिन्छ । यो रङ्क होलीमा धेरै प्रयोग गरिन्छ । पहेँलो रङ्क लगाएपछि अनुहारमा पनि राम्रो देखिन्छ । त्यसैले दिदीबहिनी वा घरका अन्य महिलालाई पहेँलो रङ्ग लगाउन सकिन्छ ।

अग्रजलाइ हरियो रङ्ग– हरियो रङ्गलाई शीतलता, आराम, ताजगी र सकारात्मकताको प्रतीक मानिन्छ । हरियो रङ्ग प्रकृतिसँग पनि जोडिएको हुन्छ । यो रङ्गले शारीरिक र मानसिक तनाव पनि कम गर्छ । हरियो रङ्गलाई भाग्यशाली र समृद्धि दिने पनि मानिन्छ । होलीको पर्वमा ठूला दाजुभाइ, आफन्त र आफूभन्दा ठूला जोकोहीलाई पनि हरियो रङ्ग लगाउन सकिन्छ ।

साथीभाइलाई सुन्तला रङ्ग– सुन्तला रङ्गलाई सुख र सद्भावको प्रतीक मानिन्छ । होलीको दिन धेरैले एकअर्कालाई सुन्तला रङ्गको लगाउँछन् । तपाईं पनि आफ्नो नजिकका साथी र परिवारका सदस्यहरूलाई सुन्तला रङ्ग लगाउन सक्नुहुन्छ, यसले सम्बन्धमा सद्भाव र खुशी बढाउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७