इलाम–२ को उम्मेदवारका लागि कांग्रेस क्षेत्रीय समितिबाट सात जना सिफारिस


७ चैत्र २०८०, बुधबार
congress

इलाम । आगामी १५ वैशाखमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम–२ मा नेपाली कांग्रेसको क्षेत्रीय समितिले सर्वसम्मत रुपमा सात जनाको नाम सिफारिस भएका छन् ।

कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रुपमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राई तामाङको नाम सिफारिस गरेको हो । उक्त नाममलाई बिहीबार (८ चैत) भित्र रायसहित प्रदेश कार्यसमितिमा पठाइने र प्रदेशले १० चैतमा केन्द्रमा नाम पठाउनेछ ।

आचार्य कांग्रेस महासमिति सदस्य हुन् । उनी २०७० सालको संविधान सभा निर्वाचनमा पराजित उम्मेदवार थिए । खड्का २०७९ सालको निर्वाचनमा एमाले नेता सुवास नेम्वाङसँग पराजित भएका हुन् । केशव थापा पूर्व राज्यमन्त्री हुन् भने नगेन्द्र कुमाल नेपाल आदिवासी जनजाति महांघको पूर्व अध्यक्ष हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७