रूसमा आज राष्ट्रिय शोक, पुटिनले भने, ‘कन्सर्ट हलको सामुहिक हत्याको बदला लिइनेछ’


११ चैत्र २०८०, आईतवार
Capture.JPG 2125

मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी कन्सर्ट हलमा भएको आक्रमणलाई ‘बर्बर आतंककारी कार्य’ भनेर टिप्पणी गरेका छन् । सो कार्यमा संलग्न सबै अपराधीलाई बदला लिने वाचा समेत उनले गरेका छन् ।

शनिबार टेलिभिजनमा सम्बोधन गर्दै पुटिनले युक्रेनी सीमा पार गर्नुअघि नै सबै चार बन्दुकधारीलाई पक्राउ गरिएको समेत बताएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पुटिनले आक्रमण पछि आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा भने, ‘म आज तपाईसँग रक्तपातपूर्ण, बर्बर आतंकवादी कार्यको सम्बन्धमा बोल्दैछु, जसको शिकार दर्जनौं निर्दोष, शान्तिप्रिय मानिसहरू हुन पुगेका छन् ।’

क्रेमलिनका नेताले भने, ‘आतंकवादी हमलाका चारै जना अपराधीलाई हिरासतमा लिइएको छ । उनीहरु युक्रेनतर्फ भागिरहेका थिए । प्रारम्भिक जानकारी अनुसार उनीहरुलाई सीमापार लैजाने तयारी भइरहेको थियो ।’ रूसको एफएसबी सुरक्षा सेवाले यस अघि आक्रमणकारीहरू युक्रेनीहरूसँग सम्पर्कमा रहेको बताएको थियो किनभने उनीहरूले रूसबाट युक्रेनतर्फ भाग्न खोजिरहेका थिए ।

क्रबार साँझ सशस्त्र बन्दुकधारीहरूले मस्कोको उत्तरी छेउमा रहेको एउटा उपनगरमा रहेको क्रोकस सिटी हलमा कम्तिमा ११५ जनाको हत्या गरेका थिए । कन्सर्ट हलमा आगो लगाइयो थियो, जसको जिम्मा इस्लामिक स्टेट समूहले सो आक्रमणको जिम्मेवारी लिएको छ तर रुसी अधिकारीहरूले भने त्यसको उल्लेख गरेका छैनन् । ‘आतंकवादी, हत्यारा, गैर मानवहरूले अविस्मरणीय सजायको सामना गर्नेछन्,’ पुटिनले भने । पुटिनले आइतबार रुसमा राष्ट्रिय शोक घोषणा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७