मुख्यमन्त्री केजरीवालको गिरफ्तारीको विरोधमा आम आदमी पार्टीकाको प्रदर्शन


११ चैत्र २०८०, आईतवार
kejari
तस्वीर : पीटीआई

नयाँदिल्ली । सन् २०२१ नोभेम्बर १७ मा दिल्ली सरकारले राज्यमा नयाँ मदिरा नीति लागू गर्दा अनियमितता गरिएको र इजाजत धारकहरूलाई अनुचित लाभ दिइएको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा आम आदमी पार्टी (आप) का समर्थकहरूले आइतबार प्रदर्शन गरेका छन् ।

आपका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशालय (ईडी) ले गत मार्च २१ मा पक्राउ गरेको थियो । नयाँ मदिरा नीति लागू गर्दा यसमा लाइसेन्स शुल्क माफ वा कम गरिएको छ । यो नीतिले सरकारी राजस्वमा १ अर्ब ४४ करोड ३६ लाख भारतीय रूपैँया घाटा भएको दावी गरिएको थियो । यस विषयमा छानबिन गर्न सिफारिस गरेपछि सन् २०२२ को जुलाई ३० मा दिल्ली सरकारले नयाँ अन्तःशुल्क नीति फिर्ता लिई पुरानो प्रणालीलाई पुनः स्थापित गरेको थियो ।

ईडीले आप नेतालाई पक्राउ गरेकोमा आपत्ति जनाउँदै प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै ‘म पनि केजरीवाल हुँ, मलाई पनि गिरफ्तार गर’ भन्दै आइटिओ फुट ब्रिजमा भेला भई प्रदर्शन गरेका छन् । आपले केजरीवालको गिरफ्तारीको विरोधमा आइतबार दिल्लीभरि मैनबत्ती जुलुस निकाल्ने र पुतला दहन गर्ने घोषणा गरेको छ ।

‘सरकारको गैर–प्रजातान्त्रिक कार्य र अरविन्द केजरीवालको फर्जी गिरफ्तारीको विरोधमा आइतबार दिल्लीभरि मैनबत्ती जुलुस र पुतला दहन गरिनेछ’, आपले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा दिल्लीका जनता सडकमा उत्रिएका छन् । अरविन्द केजरीवालको ढालको रुपमा हामी सबै एक साथ उभिनुपर्छ । अरविन्द केजरीवालको गिरफ्तारी मोदी सरकारलाई सत्ताबाट हटाउने अन्तिम कारण साबित हुनेछ । राउज एभेन्यू अदालतले शुक्रबार केजरीवाललाई छ दिन (२८ मार्चसम्मका) लागि ईडी हिरासतमा राख्न अनुमति दिएको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७