कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी सात वर्षीया सेन्जलको निधन


१२ चैत्र २०८०, सोमबार
senjal

काठमाडौँ । कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बाग्लुङ निसीखोलाकी सात वर्षीया बालिका सेन्जल शाहीको निधन भएको छ । शाहीको नेपाल–भारत मैत्री अस्पताल चाबहिलमा उपचारका क्रममा आइतबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरे पनि सफल हुन नसकेको उनले बताए । सरकारी अस्पतालले फर्काई दिएपछि बाध्यताले निजीमा उपचार गर्नुपर्दा थप आठ लाख खर्च भएको उनले जानकारी दिए ।
शाहीको मृगौंला (किड्नी) मा समस्या आएर चैत ६ गते राति ११ बजे बुटवलबाट काठमाडौ ल्याइएको थियो । उनलाई किड्नीको उपचारको लागी विगत १६ दिन अगाडि बुटवलको आम्दा अस्पतालमा उपचार भइरहेको थियो । उक्त अस्पतालम उपचार हुन नसकेपछि उनलाई उक्त अस्पतालले काठमाडौको कान्ति बाल अस्पतालमा रिफर गरेको थियो ।

काठमाडौं ल्याउँदा उनलाई बाटोमा स्वास प्रस्वासमा समस्या आएकाले उनको अवस्था नाजुक थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्न पर्ने थियो तर कान्ति बाल अस्पतालले भेन्टिलेटर नभएकाले उपचार गर्न मानेको थिएन । अस्पतालमा भेन्टिलेट नभएकाले अन्त लगेर उपचार गर्न भनेको थियो । त्यसपछि उनको नेपाल भारत मैत्री अस्पतालमा उपचार भइरहेको थियो । कान्ति बाल अस्पतालमा भेन्टिलेटर हुँदा पनि अन्त पठाएको आफ्न्तको आरोप थियो ।

त्यसको केही दिनसम्म पनि अस्पतालको सामाजिक सञ्जालमा आलोचना भइरहेको थियो । बालिकालाई भर्ना नगरी फिर्ता गरेको घटनाको सामाजिक सञ्जालमा तीव्र विरोध भएपछि कान्ति बाल अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै पीआईसीयू बेड नभएका कारण बिरामी फर्काउनु परेको दाबी गरेको थियो । कान्तिले बालिकालाई भर्ना नगरी फिर्ता गरेको घटनाको विरोध भएपछि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालले बिरामीलाई चेकजाँच नगरी फिर्ता पठाउन नमिल्ने बताउँदै उक्त घटनाको छानबिन हुने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७