फ्यानको निशानामा हार्दिक !


१२ चैत्र २०८०, सोमबार
Hardik.jpg 1

काठमाडौँ । इण्डियन प्रिमियर लिग–२०२४ मा ५ पटकको च्याम्पियन मुम्बई इण्डियन्स (एमआई) ले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । यो हारपछि टिमका नयाँ कप्तान हार्दिक पाण्ड्यालाई सामाजिक सञ्जालमा निकै ट्रोल गरिएको छ ।

पाण्ड्याको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनी मुम्बईका पूर्व कप्तान रोहित शर्माको फिल्डिङ पोजिसन परिवर्तन गरेको बताइरहेको देखिन्छ र रोहित यता उता दौडिरहेको देखिन्छ । यस भिडियोलाई फ्यानहरूले सामाजिक सञ्जालमा सेयर गर्दै हार्दिकलाई ट्रोल गरिरहेका छन् ।

यसअघि केही फ्यानले स्टेडियममा उनको नामको ठट्टा गरेको पनि देखिएका थिए । रोहितको समर्थनमा फ्यानहरू पोस्टरसहित स्टेडियम पुगेका थिए । जसमा ‘रोहित शर्मा क्याप्टेन फोरएभर’ र ‘मुम्बई चा राजा रोहित शर्मा’ जस्ता नारा लेखिएका थिए । हार्दिकले दुई सिजन गुजरात टाइटन्सको कप्तानी गरेपछि मुम्बई फर्किएका थिए । कप्तान बनाएदेखि नै मुम्बई इण्डियनका फ्यानले उनलाई मन पराएका छैनन् । हार्दिकले शुरुदेखि नै आलोचना खेपिरहेको बेला पहिलो खेलमा हार बेहोरेपछि उनलाई झनै ट्रोल गरिएको छ ।

यस सिजनको आइपिएलको पहिलो खेलमा हार्दिकले गरेको कप्तानीको समेत निकै आलोचना भएको छ । यस खेलमा हार्दिकले लिएका केहि निर्णयहरुलाई क्रिकेट विश्लेषकहरुले गलत भन्दै उनको आलोचना गरेका छन् । जसमा बुमराहको स्थानमा उनी आफैं पहिलो ओभर बलिङ गर्न आउनु र कुनै विकेट लिन नसक्नु, बुमराह जस्तो च्याम्पियन बलरलाई नयाँ बलले बलिङ गर्न नदिनु, साथै उनी समयमा ब्याटिङ गर्न नआउनुलाई पनि आलोचना गरिएको छ ।

उनी सातौं नम्बरमा आएर ४ बल मात्र खेल्दै ११ रन बनाएर आउट भएका थिए । उनी आउट भएपछि कप्तानको रुपमा जिम्मेवारी लिएर अगाडि आउनु पर्नेमा त्यसो गर्न नसकेको भन्दै उनको आलोचना भएको छ । यस खेलमा गुजरातले मुम्बईलाई ६ रनले पराजित गरको थियो । मुम्बईले अब अर्को खेल आगामी बुधबार सनराइजर्स हैदरावादसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७