ई–रिक्सा चार्ज गर्दा करेन्ट लागेर एक महिलाको मृत्यु


१३ चैत्र २०८०, मंगलवार
current

जनकपुरधाम । ई–रिक्सा चार्ज गर्ने क्रममा जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठाकी ३६ वर्षीया गौरीदेवी साह रहेको प्रहरीले जानकारी दिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार मंगलबार बिहान पौने ६ बजे चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा उनलाई करेन्ट लागेको थियो । उपचारका लागि न्यूरो हस्पिटलमा लग्दा चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी अवाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७