केजरीवाल पक्राउबारे अमेरिकाको प्रतिक्रिया : नजिकबाट नियालिरहेका छौं


१३ चैत्र २०८०, मंगलवार
kejariwal sgQKM5mbWg

काठमाडौं । जो बाइडेन प्रशासनले भारतको आन्तरिक मामिलाका बारेमा पुनः बोलेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीका बारेमा अमेरिकाले आफनो धारणा सार्बजनिक गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयले केजरीवालको गिरफ्तारीलाई नजिकबाट नियालिरहेको बताएको छ । भारत सरकारलाई निष्पक्ष, समयसापेक्ष र पारदर्शी कानुनी प्रक्रियाका लागि प्रोत्साहन गर्ने समेत बताएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने कि हामी भारत सरकारलाई मुख्यमन्त्री अरविन्द केजरीवालका लागि निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाका लागि प्रोत्साहन गर्छौं ।

यसअघि दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीलाई लिएर जर्मनीबाट पनि प्रतिक्रिया आएको थियो । त्यसमा भारतले उचित जवाफ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसअनुसार भारतले जर्मन दूतावासका उपप्रमुखलाई बोलाएर बयानसमेत लिएको थियो । तर, अमेरिकाको यो टिप्पणीमा भारतले अहिलेसम्म औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मदिरा नीति घोटाला प्रकरणमा ईडीले मार्च २१ मा उनको निवासबाट पक्राउ गरेको थियो। उनी मार्च २८ सम्म केजरीवाल ईडीको हिरासतमा नै रहने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७