वीरेन्द्रनगरमा सुख्खा खोलामा महिलाको शव फेला


१३ चैत्र २०८०, मंगलवार
death woman
सांकेतिक तस्वीर

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक जना महिलाको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१, को बांगेसिम प्रहरी बिट भन्दा एक किलोमिटरको दूरीमा सुख्खा खोलामा उक्त शव फेला परेको हो ।

उक्त शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ । ती महिलाको शव सडिसकेको अवस्थामा फेला परेको बांगेसिमल प्रहरीले जनाएको छ । स्थानीय महिलाहरूले घाँस काट्न गएको बेला शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए । लामो कपाल र कुर्ताबाट महिला हो भन्ने थाह भएको घटनाको अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७