पाकिस्तानमा आत्माघाती हमला, पाँच चिनियाँ इन्जिनियरको मृत्यु


१४ चैत्र २०८०, बुधबार
GJltT bXgAAh8gs.jpeg

इस्लामबाद । पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परी पाँच चिनियाँ नागरिकको मृत्यु भएको छ । चिनियाँ नागरिकहरूको अड्डा रहेको उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेको पाकिस्तानी प्रहरीले जनाएको छ ।

पाकिस्तानी पत्रकार आरजु काजमीले एक्स ह्यान्डल मार्फत यस हमलाको जानकारी दिएका छन् । उनले खैबर पख्तुनख्वा प्रान्तको शाङ्ला जिल्लामा चिनियाँ नागरिकमाथि आत्मघाती हमला भएको बताए । यो हमला बेशाम सहर नजिक भएको थियो, जसमा पाँच चिनियाँ नागरिक मारिएका थिए । उनका अनुसार मृत्यु हुने सबै चिनियाँ इन्जिनियर रहेको बताइएको छ । यो खबर पाकिस्तानका लागि निकै महत्वपूर्ण छ, किनभने पाकिस्तानलाई चीनको नजिकको मित्र मानिन्छ ।

चिनियाँ इन्जिनियरहरूको यात्रा इस्लामाबादबाट सुरु भएको बताइएको छ, जुन खैबर पख्तुनख्वा प्रान्तको दासु शिविर हुँदै गइरहेको थियो । यसै क्रममा आत्मघाती हमलाकारीले निशाना बनाएका थिए । हाल उक्त दुर्घटनामा कति जना घाइते भएका छन् भन्ने विवरण आउन सकेको छैन । सामाजिक सञ्जालमा भाइरल भइरहेका भिजुअलमा घटनास्थलमा जलेको कार देखिन्छ भने उपत्यकाबाट ठूलो धुवाँ निस्किरहेको देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७