मस्को आक्रमण : हालसम्म ११ जना पक्राउ, गोली चलाउनेमा ताजिकिस्तानी भएको दावी


१४ चैत्र २०८०, बुधबार
masko attack

मस्को । गत शुक्रबार रुसी कन्सर्ट हलमा भएको आक्रमण पछि रुसमा अझै डरको वातावरण कायमै छ । राजधानीमा भएको यो आक्रमणले रुसको सुरक्षा प्रणालीमा धेरै प्रश्न खडा गरेको छ । कन्सर्ट हलमा आक्रमण गर्ने चार जना बन्दुकधारी रुसबाट भाग्ने क्रममा पक्राउ परेका थिए ।

अहिले रुसी एजेन्सीले यससँग सम्बन्धित थप व्यक्तिलाई पक्राउ गरिरहेका छन् । यस आक्रमणमा संलग्न थप तीन अभियुक्त पक्राउ परेका छन् । सुरक्षा एजेन्सीहरूका अनुसार अहिलेसम्म उनीहरूले यस हमलासँग सम्बन्धित ११ जनालाई पक्राउ गरिसकेका छन् ।

सोमबार, क्रोकस सिटी हल आक्रमणका तीन नयाँ अभियुक्तलाई मस्कोको बास्मान्नी अदालतमा पेश गरिएको थियो । यी हिरासतमा रहेका व्यक्तिहरूलाई कम्तिमा २२ मार्चसम्म हिरासतमा राख्नु पर्नेछ । एक दिनअघि सोही अदालतले सिटी हलमा आक्रमण गरी १४३ जनाको ज्यान लिने चार आतङ्ककारीलाई पक्राउ गर्न अनुमति दिइएको थियो । पक्राउ परेका तीन नयाँ संदिग्धहरू आक्रमणको योजनामा संलग्न रहेको अनुसन्धान एजेन्सीहरूको दाबी गरेका छन् ।

रुसको अनुसन्धान एजेन्सीले पक्राउ परेका तीन नयाँ संदिग्धको नाम अमिन्चोन इस्लोमोभ, डिलोवर इस्लोमोभ र उनीहरुका ६२ वर्षीय बुबा इजरायल इस्लोमोभ रहेको बताएको छ । अनुसन्धान एजेन्सीहरूका अनुसार एक बन्दुकधारी शम्सिदिन फरिदुनीले जनवरीमा आक्रमण गर्न सहयोग गर्न अमिन्चोन इस्लामोभलाई भर्ती गरेका थिए । यो विश्वास छ कि मार्च ११ पछि उनले अर्को भाइ दिलोवर इस्लोमोव पनि भर्ती गराएका थिए ।

उनले दुवै दाजुभाइ र बाबुलाई तत्काल पक्राउ गर्न माग गरेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । पक्राउ परेका पहिलो चार आक्रमणकारीको नाम दालेदजोन मिर्जोएभ, सैदाक्रामी मुरोदली राखबालिजोदा, शम्सिदिन फरिदुनी र मोहम्मद फैजोभ हुन् । टेलिग्राममा साझा गरिएको समाचार अनुसार यी व्यक्तिहरूलाई ताजिकिस्तानी नागरिकको रूपमा पहिचान गरिएको छ र उनीहरूले अदालतमा आफ्नो अपराध स्वीकार गरेका छन् ।

आक्रमणको वास्तविक दोषी को हो ?

यो हमला लगत्तै आईएसले टेलिग्राममा यो हमला आफूले गराएको दाबी गरेको थियो । तर रुसले आईएसको यो दावीको कुनै प्रतिक्रिया दिएको छैन, बरु रुसी राष्ट्रपति पुटिनले एक विज्ञप्तिमा भनेका छन्, ‘जुन व्यक्तिसँग इस्लामिक देशहरू धेरै वर्षदेखि लडिरहेका छन्, त्यही मानिसहरूबाट हामीमाथि हमला भएको हो । हामीमाथि हमला गर्नुको पछाडि कसको हात छ र यस आक्रमणबाट कसलाई फाइदा पुग्छ भनेर हामीले खोज्नुपर्छ ।’ तर, सो हमलाको मुख्य योजनाकार को हुन ? भन्ने अहिलेसम्म खुलेको छैन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७