सुन तस्करीको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ


१४ चैत्र २०८०, बुधबार
Gold 3wSqAAlUPT

काठमाडौं । सुन तस्करीको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं अपराध अनुसन्धान कार्यालयले ११ तोला सुनसहित दुई जनालाई पक्राउ गरेको हो । सोमबार रसुवाको केरुङ नाका हुँदै भन्सार छली ल्याएको गोप्य सूचनाका आधारमा प्रहरीले काठमाडौंको नरदेविबाट दुई जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १२७ दशमलव ७ ग्राम अर्थात् ११ तोला अवैध सुनसहित नियन्त्रणमा लिइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी नकुल पोखरेलले जानकारी दिए । उक्त सुनको हाल बजार भाउ १३ लाख ९१ हजार १ सय ६० हुन आउने प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी नगरपालिका–११ का सुदिप बिक र गोरखाको चुमनुब्री गाउँपालिका–६ का सोनाम दोर्जे लामा छन् । दुवैलाई थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७