नयाँ गठबन्धन बनेपछि पहिलो पटक प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता


१५ चैत्र २०८०, बिहीबार
prachanda deuwa
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

आज (बिहीबार) बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको हो । एमालेसहितको नयाा गठबन्धन बनेपछि पहिलो पटक उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको हो ।

संसदलाई नियमित चलाउने र विचाराधीन कानुनहरू पारित गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सभापति देउवालाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । गत फागुन २१ गते कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुटेपछि प्रचण्ड र देउवाबीच एक्ला–एक्लै भएको यो पहिलो भेट हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७