दार्चुलामा भुइँमा लत्रिएको तारमा छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु


२१ चैत्र २०८०, बुधबार
current

दार्चुला । दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका–१ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको परिवारले जनाएको छ ।

उनको बर्निङ अस्पतालमा निधन भएको हो । गत शुक्रबार दिउँसो घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट उनलाई लागेको थियो । विद्युत वितरण केन्द्रको लापरवाहीका कारण करेन्ट लागेकाले उचित क्षतिपूर्ति पाउनुपर्ने माग पीडित परिवारले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७