विश्वासको मत लिन नसकेपछि गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा


२१ चैत्र २०८०, बुधबार
sutendr

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन नसक्ने भएपछि आज (बुधबार) उनले पदबाट राजीनामा दिएका हुन् । उनले प्रदेश प्रमुख डिल्लीराज भट्टराईसमक्ष राजीनामा बुझाएका छन् ।

सत्ता गठबन्धनमा फेरबदल आएपछि माओवादी केन्द्रले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । मुख्यमन्त्री पाण्डलेले बिहीबार (भोलि) सम्म विश्वासको मत लिनुपर्ने थियो । विश्वासको मत लिने वातावरण नभएपछि उनी राजीनामा दिने मनस्थितिमा पुगेका हुन् ।

पछिल्लो समय सरकार टिकाउनका लागि मुख्यमन्त्री पाण्डेले विवादास्पद छविका एकीकृत समाजवादीका सांसद राजीव गुरूङ (दिपक मनाङे) लाई भौतिक पूर्वाधार मन्त्री बनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७